पोखरा आउँदै गरेको जीप खोलाले बगाउँदै तीन जना बेपत्ता

पाेखरा | असोज १३, २०८०

पोखरा आउँदै गरेको जीप खोलाले बगाउँदै तीन जना बेपत्ता तस्बिर फाइल

पोखरा:  बागलुङदेखि पोखरा आउँदै गरेको जीप पर्वतमा खोलाले बगाउँदा जीपसहित तीन जना बेपत्ता भएका छन् ।


पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा पर्ने मध्यपहाडी लोकमार्गको तमादीखोलामा शनिबार साँझ आएको बाढीले ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमो बगाउँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले जानकारी दिए ।


प्रनाउ भुषालले जीपमा सवार यात्रुहरुको नामावली नखुलेको बताए । एक्कासी आएको बाढीको अवस्था बुझन सवारी चालक जीपबाट झरेको बेलामा एक्कासी आएको बाढीले सवारी सधान बगाएको प्रनाउ भुषालले बताए ।


सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ता जीप र यात्रुहरुको खोजी भइरहेको प्रनाउ भुषालले जानकारी दिए ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्